+
+
Shares

प्रेम-विछोड दर्शाउने फिल्म ‘लज्जावती’ को गीत सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते ११:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'आहा' को नयाँ गीतमा कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाको प्रेम तथा विछोडको कथालाई मार्मिक तवरले चित्रण गरिएको छ ।
  • थानेश्वर गौतमको स्वर रहेको यस गीतमा सन्तोष बिसीको संगीत र भीम कुमार ओझाको शब्द छ ।
  • राजबहादुर सानेको निर्देशनमा बनेको यो फिल्म मुकुन भुसाल, श्रीकृष्ण निरौला लगायतका कलाकारहरूको अभिनयमा २९ साउनदेखि प्रदर्शनमा आउने भएको छ ।

मर्मस्पर्शी गीतमा कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्थालाई चित्रण गरिएको छ । भिडियोमा कलाकार निरौलाको अभिनय भावुक बनाउने किसिमको छ ।

प्रेमिकाबाट छुटेपछि उनी हराएको र कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा उनका खोज्दै हिँडिरहेको दृश्यमा समेटिएको छ । गायक थानेश्वर गौतमको स्वर रहेको गीत भीम कुमार ओझाले लेखेका हुन् । गीतमा सन्तोष बिसीले संगीत भरेका छन् भने नारायण दंगालको संगीत संयोजन छ ।

यसअघि पहिलो गीत ‘दिलको मोटर’ सार्वजनिक गरिएको थियो । यो गीत यतिवेला समाजिक सञ्जाल टिकटक र फेसबुक रिल्समा चर्चित बनिरहेको छ । साथै ट्रेलर पनि सार्वजनिक भइसकेको छ ।

२९ साउनदेखि प्रदर्शनमा आउने फिल्मको निर्देशक राजबहादुर साने हुन् । निर्देशक सानेका अनुसार फिल्मले प्रेमिल जोडीको जीवनमा आउने उतारचढाव र संघर्षलाई प्रस्तुत गरेको छ ।

फिल्ममा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारी, सिपी पौडेल, आरआर खड्का, विनोद श्रेष्ठ, दीपक थापा र काजल भुजेलले अभिनय गरेका छन् ।

आहा फिल्म्स प्रालिको प्रस्तुतिमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता सौरभ वली हुन् । कमलप्रसाद शर्मा र सन्दीप कुमार रोकाया निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता दिनेश बुढाथोकी हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?