+
+
Shares

एसपीपीमा नेपाल सामरिक रूपमा जोडिन मिल्दैन : पूर्वमुख्यसचिव बैरागी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १८:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पूर्वमुख्यसचिव शंकरदास बैरागीले नेपाल कुनै पनि महाशक्ति राष्ट्रको सामरिक वा सैन्य सञ्जालमा जोडिन नमिल्ने स्पष्ट पार्नुभएको छ ।
  • बैरागीले पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीतिविपरीत हुने भएकाले नेपाल स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी हुन नसक्ने बताउनुभयो ।
  • उहाँले संविधान र परराष्ट्र नीतिको सीमाभन्दा बाहिर गएर कुनै पनि सामरिक निर्णय गर्न नहुने कुरामा जोड दिनुभयो ।

२९ साउन, काठमाडौं । परराष्ट्र मामिलाका विज्ञ तथा पूर्वमुख्यसचिव शंकरदास बैरागीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा नेपाल सामरिक रूपमा जोडिन नमिल्ने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिदको बैठकमा बोल्दै उनले रणनीतिक र सामूहिक कुरामा जोडिन नमिल्ने भएकै कारण तत्कालीन सरकारले एसपीपीलाई अघि नबढाउने निर्णय गरेको बताए ।

नेपालको परराष्ट्र नीति र संविधानले तोकेको सीमाभन्दा बाहिर गएर कुनै पनि निर्णय गर्न नसकिने उल्लेख गर्दै उनले एसपीपीमा सहभागी हुँदा नेपाल सामरिक पक्षबाट जोडिएको देखिने वा नदेखिने विषयको विश्लेषण हुन आवश्यक रहेको समेत बताए ।

‘अब हामीले उबेलामा एसपीपीको बारेका चर्कै कुरा उठेको हो । यो प्रक्रिया अगाडि नबढाउने भन्ने आधकिारिक निर्णय नै भएको छ । यसमा हाम्रो कन्सर्न कहाँनिर हो त भन्दा रणनीतिक सामूहिक कुरामा हामी जोडिनु हुन्न भन्ने नै हो । त्यसकारण सरकार त्यो बेलामा यसबाट पछि हटेको हो,’ उनले भने ।

नेपालले पञ्चशीलको सिद्धान्त र असंलग्न परराष्ट्र नीति अंगालेको भन्दै उनले कुनै पनि महाशक्ति राष्ट्रका सामरिक वा सैन्य सञ्जालमा जोडिनु त्यसको सिद्धान्तविपरित हुने बताए ।

‘यो विषयमा विस्तृत रुपमा छलफल समेत भएको थिएन । यसले तरंग जै सिर्जना गरेर त्यो पटक बन्द गरिएको हो । यस विषयमा हामीले हाम्रो परराष्ट्र नीतिको डेडलाइन र संविधानले तोकेको सीमाभन्दा बाहिर जान नमिल्ने भएको हुनाले हामी एसपीपीमा जोइन हुँदा हामी सामरिक पाटोबाट जोइन भएको देखिन्छ कि देखिँदैन ? भन्ने कुराको विश्लेषण नगरिकन यसमा जोइन हुन सक्ने स्थिति छैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?