+

सिंगापुरमा नेपाली डाक्टर मनिष थापालाई ‘बेस्ट वायर्स वैज्ञानिक पोस्टर’ अवार्ड

२०८३ भदौ  ७ गते १८:३२ २०८३ भदौ ७ गते १८:३२
सिंगापुरमा नेपाली डाक्टर मनिष थापालाई ‘बेस्ट वायर्स वैज्ञानिक पोस्टर’ अवार्ड

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. मनिष थापाले सिंगापुरमा आयोजित अन्तर्राष्ट्रिय रेडियोलोजी सम्मेलनमा ‘उत्कृष्ट वायर्स वैज्ञानिक पोस्टर’ अवार्ड जिते।

७ भदौ, काठमाडौं । नेपाली इन्टरभेन्सनल रेडियोलोजिस्ट डा. मनिष थापाले सिंगापुरमा ‘उत्कृष्ट वायर्स वैज्ञानिक पोस्टर’ अवार्ड जितेका छन् । त्यहाँ आयोजित अन्तर्राष्ट्रिय रेडियोलोजी सम्मेलनमा उनले उक्त अवार्ड प्राप्त गरेका हुन् ।

सिंगापुरमा अगस्ट २० देखि २३ सम्म आयोजित अन्तर्राष्ट्रिय रेडियोलोजी सम्मेलनमा विश्वभरबाट ९00 भन्दा बढी वैज्ञानिक अनुसन्धान प्रस्तुत भएका थिए । सो मध्ये डा. थापाको अनुसन्धान ‘उत्कृष्ट वैज्ञानिक पोस्टर’ का रूपमा छनोट भएको हो ।

नेपाली सोसाइटी अफ भास्कुलर एन्ड इन्टरभेन्सनल रेडियोलोजीका अध्यक्ष डा. अजित थापाका अनुसार डा. मनिषले सीमित स्रोतसाधन भएका मुलुकमा इन्टरभेन्सनल रेडियोलोजीमार्फत उपचारलाई कसरी सहज, पहुँचयोग्य र कम खर्चिलो बनाउन सकिन्छ भन्ने विषयमा अनुसन्धान प्रस्तुत गरेका थिए ।

अनुसन्धान दीर्घकालीन प्लान्टर फासाइटिस अर्थात् पैतालाको तल्लो भागमा लामो समयसम्म हुने दुखाइको उपचारसँग सम्बन्धित छ । यसमा अल्ट्रासाउन्डको मार्गदर्शनमा २२ गेजको स्पाइनल निडल प्रयोग गरी रक्तनलीमार्फत उपचार गर्ने प्रविधिको अध्ययन गरिएको छ ।

यस प्रविधिमा परम्परागत रूपमा आवश्यक पर्ने महँगा तथा जटिल उपकरणको विकल्पमा तुलनात्मक रूपमा सहज रूपमा उपलब्ध सामग्री प्रयोग गर्न सकिने सम्भावना देखाइएको छ । विशेषगरी सीमित स्रोतसाधन भएका देशमा यस्तो विधि उपयोगी हुन सक्ने अनुसन्धानले देखाएको छ ।

इन्टरभेन्सनल रेडियोलोजीमा शरीरमा ठूलो चिरफार नगरी विभिन्न उपकरण तथा सुईको माध्यमबाट रोगको उपचार गरिन्छ । यसका कारण बिरामीलाई कम चिरफार, कम दुखाइ तथा तुलनात्मक रूपमा छिटो उपचारको सम्भावना हुन्छ ।

यति ठूलो अन्तर्राष्ट्रिय मञ्चमा नेपाली चिकित्सकको अनुसन्धान उत्कृष्ट पोस्टरका रूपमा पुरस्कृत हुनु नेपाली चिकित्सा क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको
डा. अजित बताउँछन् ।

अवार्ड डा. मनिष थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय