+
+
Shares

सभापति निर्वाचित भएपछि सानेपा जाँदै गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १२:३५

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पार्टी कार्यालय सानेपा जाने भएका छन् ।

१५ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी कार्यालय सानेपा जान लागेका हुन् ।

सभापति थापा दिउँसो २ बजे सानेपा कार्यालयमा उपस्थित हुनेछन् । त्यसक्रममा उनले अनौपचारिक कुराकानी गर्नेछन् ।

उनी गएराति सम्पन्न मतगणनामा प्रतिष्पर्धी उम्मेदवार श्याकृष्ण खड्गीलाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए ।

केन्द्रीय निर्वाचन समितिका अनुसार थापा ६ हजार ५८४ मतसहित सभापतिमा निर्वाचित भएका थिए । उनका प्रतिष्पर्धी खड्गीले ३७५ मत प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?