+
+
Shares

गगनलाई प्रदीपले भने– इमानदार सहयात्रीको रूपमा हामी सँगै हुनेछौं

‘हामी युग बदल्ने संकल्प लिएर आएका छौं । बाटो पक्कै सजिलो छैन,’ निवर्तमान महामन्त्रीसमेत रहेका पौडेलले भनेका छन्, ‘चुनौतीका पहाडहरू थुप्रै छन् । तर, हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १२:४४

२४ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले नवनिर्वाचित सभापति गगनकुमार थापालाई बधाई दिएका छन् ।

१५औं महाधिवेशनबाट अत्यधिक मतसहित सभापतिमा निर्वाचित भएपछि उनले शनिबार मध्यान्ह थापालाई बधाई दिएका हुन् । ‘कांग्रेसलाई नयाँ उचाइमा पु¥याउने ऐतिहासिक अभिभाराको प्रमुख नेतृत्व प्राप्त गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना,’ पौडेलले फेसबुकमा लेखेका छन् ।

उनले आफूहरू युग बदल्ने संकल्प लिएर आएको भन्दै चुनौतीका पहाडहरू थुप्रै भए पनि अलमलिने र थाक्ने कुनै छुट नभएको उल्लेख गरेका छन् । ‘हामी युग बदल्ने संकल्प लिएर आएका छौं । बाटो पक्कै सजिलो छैन,’ निवर्तमान महामन्त्रीसमेत रहेका पौडेलले भनेका छन्, ‘चुनौतीका पहाडहरू थुप्रै छन् । तर, हामीसँग अलमलिने र थाक्ने कुनै छुट छैन ।’

बदलिएको कांग्रेस, बदलिने देश आफूहरूको कर्म र परिणाम बन्नुपर्ने भन्दै उनले इमानदार सहयात्रीका रूपमा सँगै हुनेसमेत बताएका छन् । ‘बदलिएको कांग्रेस, बदलिने देश हाम्रो कर्म र परिणाम बन्नुपर्छ,’ पौडेलले लेखका छन्, ‘इमानदार सहयात्रीको रूपमा हामी सँगै हुनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?