+
+
Shares

सर्वोच्चले भन्यो– बैंकिङ सेवामा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य नगराउनू

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २४ गते १३:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतले बैंकिङ सेवाका लागि राष्ट्रिय परिचयपत्रलाई नागरिक पहिचानको एकमात्रै आधार नबनाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश दिएको छ।
  • अदालतले राष्ट्रिय परिचयपत्र नपाउँदासम्म नागरिकताको प्रमाणपत्रलगायत अन्य दस्तावेजका आधारमा बैंकिङ सेवा दिन आदेश दिएको छ।
  • राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिक मर्कामा परेको भन्दै अधिवक्ता सरिता अधिकारीले सर्वोच्चमा रिट दर्ता गरेकी थिइन्।

२४ असोज, काठमाडौं । सर्वोच्च अदालतले बैंकिङ सेवाका लागि राष्ट्रिय परिचयपत्रलाई एकमात्रै र अनिवार्य आधार नबनाउन नेपाल राष्ट्र बैंकका नाममा आदेश जारी गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंकको खाता खोल्न र खाता अद्यावधिक गर्न राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरेको थियो ।

त्यसविरुद्ध परेको रिट निवेदनमा न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको इजलासले राष्ट्रिय परिचयपत्रलाई नागरिक पहिचानको ‘एकमात्रै आधार’ नबनाउन आदेश जारी गरेको छ ।

सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘राष्ट्र बैंकको एकीकृत निर्देशक, २०८२ ले राष्ट्रिय परिचयपत्र र राष्ट्रिय परिचयपत्र नम्रलाई नागरिक पहिचानको एकमात्रै आधार बनाएको हदसम्म उप्रेषणको आदेशले बदर हुने ठहर्छ ।’

सर्वोच्चले राष्ट्रिय परिचयपत्र प्राप्त नभएसम्म नागरिकहरुलाई नागरिकताको प्रमाणपत्र लगायतका अन्य दस्तावेजका आधारमा बैंकिङ सेवा दिनु भनी आदेश दिएको हो ।

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गरिएको कारणले नागरिकहरु मर्कामा परेको भन्दै अधिवक्ता सरिता अधिकारीले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?