News Summary
Generated by OK AI. Editorially reviewed.- सडक डिभिजन विराटनगरले एम/एस हिम सगरमाथा–बी एन्ड बी–आर वान जेभी काठमाडौं र एमएस कृष्ण निर्माण सेवाका दुई ठेक्का तोडेको छ ।
- हिम सगरमाथा–बी एन्ड बी–आर वान जेभीले इटहरी–मावाखोला पुल, इनहरी सखुवागछी र धरान–भेडेटार खण्डको मर्मतको ठेक्का पाएको थियो ।
- कृष्ण निर्माण सेवाले मोरङको जरुवापानी होली कल्भर्ट निर्माणको जिम्मा पाएको थियो ।
- डिभिजनले कार्यप्रगति सन्तोषजनक नभएको र ३० दिनभित्र सम्पर्क राखी वित्तीय फरफारक गर्न अल्टिमेटम दिएको छ ।
२६ असोज, काठमाडौं । सडक डिभिजन विराटनगरले दुई ठेक्का तोडेको छ । डिभिजनले एम/एस हिम सगरमाथा–बी एन्ड बी–आर वान जेभी काठमाडौं र एमएस कृष्ण निर्माण सेवा सुनसरीले पाएको ठेक्का तोडेको हो ।
यसमध्ये पहिलो कम्पनीले महेन्द्र राजमार्गको इटहरी–मावाखोला पुल र इनहरी सखुवागछी सडकखण्डको नियमित मर्मतको ठेक्का पाएको थियो । साथै, कोशी राजमार्गको धरान–भेडेटार खण्डको मर्मतको जिम्मा समेत यसै कम्पनीले पाएको थियो ।
दोस्रो कम्पनीले मोरङमा जरुवापानी होली कल्भर्ट निर्माणको जिम्मा पाएको थियो । यी कम्पनीको मर्मत/निर्माण कामको प्रगति सन्तोषजनक नरहेको डिभिजनले जनाएको छ ।
कार्यप्रगतिमा सुधार नभएको सन्दर्भमा पटक–पटक मौखिक तथा लिखित निर्देशन दिइएकोमा पनि प्रगतिमा सुधार नभएको, पेस भएको कार्यतालिका बमोजिम काम नभएको समेत कार्यालयले जनाएको छ ।
कार्यालयले ३० दिनभित्र सम्पर्क राखी वित्तीय फरफारक गर्न अल्टिमेटम दिएको छ ।

प्रतिक्रिया 4