
फाइल तस्वीर
८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको शासन प्रणालीलाई मुलुकले धान्न नसक्ने बताएका छन् । सनातन मूल्य मान्यता, गौरवशाली इतिहास र परम्परालाई भत्काएर मुलुक नबन्ने उनको दाबी छ ।
मंगलबार राप्रपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयतामा पुनर्विचार गर्न आवश्यक भएको बताए । उनले मुलुकलाई स्वाधीन र समृद्धिको बाटोमा लैजाने नीति सम्वद्र्धनवाद भएको बताए ।
राप्रपा निषेधको राजनीतिबाट नभई सबैलाई समेटेर मुलुक निर्माणमा जुट्ने शक्ति भएको दाबी गर्दै थापाले कांग्रेस–कम्युनिस्टको विकल्प भनेकै राप्रपा भएको जिकिर गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4