+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सुन आपूर्ति बढाउन माग गर्दै व्यवसायी पुगे राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १९:५१

३० भदौ, काठमाडौं । बजारमा कच्चा सुनको कमी भएको भन्दै सुनचाँदी व्यवसायीले आपूर्ति व्यवस्था बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले बुधबार नेपाल राष्ट्र बैंकमा पुगेर आपूर्ति बढाउन माग गरेको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले राष्ट्र बैंकको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेललाई भेटी सुन अभाव बारे जानकारी गराएको व्यवसायीले बताएका छन् । महासंघले बजारमा माग र आपूर्तिबीच चरम असन्तुलन रहेको दाबी गर्दै तत्काल कच्चा सुनको आपूर्ति व्यवस्था बढाउन आगह गरेको हो ।

महासंघका अध्यक्ष माणिक रत्न शाक्यका अनुसार चाडवाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ । हाल व्यवसायीहरुले दैनिक २० किलोका दरले मात्र कच्चा सुन पाउँदै आएका छन् ।

कार्यकारी निर्देशक पौडेलसँगको भेटका क्रममा अध्यक्ष शाक्यले सुनको सहज आपूर्ति व्यवस्था मिलाइनु पर्ने, नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशिकामा उल्लेख भए अनुरुप क्षेत्रगत रुपमा विभिन्न नौ वटा नाकाहरुवाट कच्चा सुन वितरणको व्यवस्था मिलाइनु पर्ने, सुनचाँदी व्यवसायीले सवै बैंकका खाता खोल्नुपर्ने बाध्यात्मक व्यवस्था हटाई एकल खाता प्रणालीमा जानुपर्ने माग राखेका छन् । सुन आयातमा बैंकको एकाधिकार तोडी निजी क्षेत्रलाई पनि सहभागी गराइनु पर्ने, गोल्ड एक्स्चेञ्ज स्थापनका लागि पहल गर्नुपर्ने, कोरोना प्रभावित सुनचाँदी व्यवसायीलाई पुर्नकर्जाको व्यवस्था मिलाइनु पर्ने, चाँदीको आयातलाई व्यवस्थित बनाइनु पर्ने लगालयतका माग व्यवसायीले राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?