युट्युबमा उपलब्ध कतिपय निकै चर्चित तथा रोचक भिडियोहरुको भाषा नबुझे पनि कहिलेकाहीँ त्यसमा लेखिएका कमेन्टहरुले भिडियोको सन्दर्भ र अन्य जानकारीहरु प्राप्त गर्न सहयोग गर्दछ ।
आफूले बुझ्ने कुनै भाषामा कमेन्ट लेखिएको भए त त्यस्तो सम्भव भयो, तर कमेन्टको भाषा पनि आफूले नबुझ्ने खालको छ भने भिडियो हेर्नुको खासै स्वाद आउँदैन ।
प्रयोगकर्ताको यहीँ गुनासोलाई मध्यनजर गर्दै युट्युबले कमेन्टको भाषा अनुवाद गर्ने निकै उपयोगी फिचर सुरु गरेको छ । युट्युबमा यस विषयमा ट्वीटरमार्फत् जानकारी गराएको छ ।
योसँगै अब युट्युबमा आएका कमेन्टहरु आफूले चाहेको भाषामा अनुवाद गरेर पढ्न पाइनेछ । प्रयोगकर्ताहरुले अब आफूले नजानेको भाषामा युट्युबमा गरिएका कमेन्टहरुलाई आफ्नो भाषामा अनुवाद गरेर पढ्न तथा बुझ्न सम्भव हुनेछ ।
हालका लागि झण्डै एक सय वटा भाषामा युट्युब कमेन्टको अनुवाद सेवा उपलब्ध रहेको छ, जसमा स्पेनिस, पोर्चुगिज, फ्रेन्चलगायतका भाषाहरु रहेको छन् । युट्युबमा मोबाइल एप र वेब भर्सन दुवैमा यो फिचर क्रमिक रुपमा उपलब्ध गराउन सुरु गरेको छ । हालका लागि यो फिचर युट्युबको मोबाइल एपमा उपलब्ध गराइएको छ ।
यो कमेन्टको भाषा अनुवाद गर्ने Translate बटन कमेन्टको ठ्याक्कै तल तथा लाइक, डिसलाइक र रिप्लाई बटनको माथि रहेको छ । उक्त बटनमा थिचेर उल्लेखित कमेन्टलाई आफुले चाहेको उपलब्ध भाषामा अनुवाद गर्न सकिन्छ ।
अंग्रेजी बाहेकका भाषामा गरिएका कमेन्टको तलपट्टि Translate to English भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा ट्याप गरेसँगै उक्त कमेन्ट अंग्रेजीमा अनुवाद हुन्छ । यो फिचर नेपाली भाषामा पनि उपलब्ध रहेको छ ।
ट्रान्सलेट बटनले स्वतः युट्युब भिडियोमा आएका सबै कमेन्टहरुको भाषालाई एकसाथ अनुवाद गर्ने होइन । प्रयोगकर्ताले हरेक कमेन्टका लागि एक एक गरी ट्रान्सलेट गर्नुपर्दछ ।
एजेन्सी
प्रतिक्रिया 4