तमिलका सुपरस्टार अजित कुमारका कारण आफ्नो जागिर गएको भन्दै एक महिलाले उनको घर अगाडि आत्महत्याको प्रयास गरेकी छिन् । फरजाना नाम गरेकी महिलाले अजितका कारण जागिर गएको भन्दै आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेकी हुन् ।
भारतीय मिडियाका अनुसार, फरजाना एक अस्पतालमा काम गर्थिन् । जब अजित र उनकी श्रीमती उक्त अस्पताल पुगेका थिए सो समयमा फरजानाले भिडियो बनाएर सामाजिक संजालमा अपलोड गरेकी थिइन् । उनलाई अस्पतालको नियम तोडेको आरोपमा जागिरबाट निकालिएको थियो । फरजानाले अजितकी श्रीमती सालिनीसँग आफ्नो जागिर फिर्ताका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । अस्पताल प्रशासनले भने फरजानासँग अन्य केही समस्या भएका कारण जागिरबाट निकालिएको बताएको छ ।
फरजाना एक महिलाको साथमा अजितलाई भेट्न उनको घर पुगेकी थिइन् । तर, उनको यो कोशिश असफल भएपछि उनले आगो लगाएर आत्महत्या गर्ने कोशिश गरेकी हुन् । फरजानाले आगो लगाएसँगै प्रहरीले उनको ज्यान बचाएको थियो ।
प्रतिक्रिया 4