काठमाडौं । सानिमा बैंक लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार सम्पन्न साधरण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थापक समूहको तर्फबाट सञ्चालक समितिमा तुक प्रसाद पौडेल, श्रीमती गायत्री थापा र डा. केशव प्रसाद आचार्य सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सञ्चालक समितिमा पौडेल र थापा पुनःनिर्वाचित भएका हुन् । बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा साधरण सभा सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०७७/७८ मा रु. २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति रु. १६०.७५ अर्ब, कुल निक्षेप रु. १३०.८८ अर्ब तथा खुद कर्जा सापटी रु १२३.१७ अर्ब रहेको बैंकले जनाएको छ । बैंकका अनुसार आर्थिक वर्ष २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ ।
बैंकको वित्तीय परिसूचक (२०७८ असार मसान्तसम्म)
निष्क्रिय कर्जा | ०.१२ प्रतिशत |
पुँजीकोष | १३.५७ प्रतिशत |
तरलता | २२.१५ प्रतिशत |
कर्जा निक्षेप अनुपात (मासिक औसत) | ८२.३१ प्रतिशत |
प्रतिक्रिया 4