+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ खुला

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १५ गते १३:२४

काठमाडौं । शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले टीभीएस मोटर कम्पनीको १२५ सीसीको नयाँ ‘टीभीएस रेडर’ मोटरसाइकलको बुकिङ खुला गरेको छ ।

सार्वजनिक नयाँ स्पोर्टी मोटरसाइकलमा एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यो श्रेणीमै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा पनि उपलब्ध रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

जगदम्बा मोटर्स प्रालिले नेपाली युवाहरुलाई लक्षित गरी आइतबारदेखि नयाँ टीभीएस रेडरका लागि बुकिङ खुला गरिएको जानकारी दिएको छ ।

नयाँ मोटरसाइकल सार्वजनिक कार्यक्रममा टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजनेस अध्यक्ष आर डिलिपले भने, ‘हाम्रा मिलेनियल तथा डिजिटल्ली नेटिभ जेन जी उपभोक्ताका लागि हामीले निरन्तररुपमा श्रेणीकै उत्कृष्ट फिचर्स तथा प्रविधि सुसज्जित उत्पादनहरु उपलब्ध गराउँदै आइरहेका छौं। हाम्रा नयाँ पुस्ताका उपभोक्तामा उत्साह र आकांक्षा जगाउन हामीले नयाँ सौगातका रुपमा १२५ सीसी क्षमताको टीभीएस रेडर नेपालमा सार्वजनिक गरेका हौं ।’

नेपाली बजार कम्पनीका लागि विशेष प्राथमिकतामा रहेको उनले बताए । नेपाली युवाहरुले टीभीएस रेडरको विशिष्ट राइड क्यारेक्टरलाई मन पराउने उनको भनाइ छ ।

टीभीएस मोटरका श्रेणीकै उत्कृष्ट पछिल्ला प्रस्तुतिहरुका लागि झैँ टीभीएस रेडरका लागि पनि नेपाली उपभोक्ताहरु मार्फत सकारात्मक प्रतिक्रिया प्राप्त हुनेमा कम्पनी विश्वस्त रहेको उनको भनाइ छ ।

टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?