+
+
युवक हत्या प्रकरण :

आफन्तले शव बुुझे, १३ घण्टापछि खुल्यो पूर्वपश्चिम राजमार्ग

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २४ गते २०:५५

२४ कात्तिक, धनगढी । धारिलो हतियार प्रहार गरेर हत्या गरिएका भूपेन्द्र बडुवालको शव आफन्तले बुझेका छन् । यससँगै १३ घण्टादेखि अवरुद्ध राजमार्ग सञ्चालनमा आएको छ ।

लम्कीचुहाका बडुवालको गएराति टीकापुर नगरपालिका–१ मा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । घटनाको विरोधमा आफन्तले बुधबार बिहानदेखि अवरुद्ध गरेका थिए ।

टीकापुर अस्पतालमा गरिएको परीक्षणपछि आफन्तले बुधबार साँझ शव बुझेर दाहसंस्कारमा लगेका छन् । यससँगै अवरुद्ध राजमार्ग सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले जानकारी दिए ।

त्यसअघि राजमार्गको अवरोध हटाउन खोज्दा प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । आक्रोशित भीडलाई तितरवितर पार्न प्रहरीले १२ राउण्ड अश्रु ग्यास समेत हानेको थिए ।

एसपी अधिकारीका अनुसार बडुवाल हत्यामा संलग्न भएको आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । केही व्यक्ति फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?