६ मंसिर, धनगढी । कञ्चनपुरमा दुई लाख २३ हजार रुपैयाँ बराबरको अवैधख सामान बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण शैलेश्वरी र मातहतका बोर्डर आउट पोष्टबाट खटिएको टोलीले भारतबाट नेपाल भित्र्याइरहेका दुई लाख २३ हजार तीन सय ३० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको बताइएको छ ।
सशस्त्र प्रहरीले नायलनको डोरी, मिठो सुपारी, नरिबल, डिजेल सहितको भारतीय मोटरसाइकल, स्कुटर, बिडी, सुर्ति, किराना सामान, ब्यालङकेट र काठ लगायतका सामान बरामद गरिएको जनाएको छ ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी र काठ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4