
१६ मंसिर, काठमाडौं । वेब सिरिज ‘फेक’को छायांकनका लागि भारतका दुई चर्चित कलाकार नेपाल आउने भएका छन् । राज एण्ड डिकेको निर्देशनमा बन्न लागेको वेब सिरिजको छायांकनका लागि कलाकार विजय सेतुपति र केके मेनन नेपाल आउन लागेका हुन् ।
यो वेब सिरिजमा नायक शाहिद कपूरको पनि मुख्य भूमिका छ । तर, शाहिद भने नेपाल आउने छैनन् । नेपालमा उनको दृश्य नभएकाले उनी नआउने भएका हुन् ।
यो वेब सिरिजको छायांकनका लागि प्राविधिक टोली नेपाल आइसकेको छ । कलाकार केके मेनन भोलि नेपाल आउनेछन् भने नायक विजय सेतुपति शनिबार नेपाल आइपुग्ने नेपालको सम्पूर्ण व्यवस्थापनको जिम्मा लिएको थ्री ह्विलर्स प्रालिका अध्यक्ष सुरज आचार्यले जानकारी दिए । उनका अनुसार यो सिरिजको छायांकन वसन्तपुर र त्रिभुवन विमानस्थलमा हुनेछ ।
नेपालमा चार दिन सिरिजको छायांकन गर्दा करिब २ करोड रुपैयाँ खर्च हुने सुरजले जानकारी दिए । यसअघि चलचित्र ‘उचाइ’को छायांकनको जिम्मा पनि थ्री ह्विलर्स प्रालिले नै लिएको थियो ।
प्रतिक्रिया 4