१७ मंसिर, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका प्रशिक्षक जोन लापोर्टाले केलियन एमबाप्पे भन्दा उसमान डेम्बेले राम्रो खेलाडी रहेको बताएका छन् ।
साथै लापोर्टाले फ्रेन्च खेलाडी डेम्बेलेले क्याम्प नोउ क्लबसंग सम्झौता नवीकरण गर्नेसमेत अपेक्षा राखेका छन् ।
केही समयदेखि डेम्बेलेको सम्झौताको बारेमा छलफल भइरहेको छ । डेम्बेले क्लब छाड्न खोजेको चर्चा भएपछि अध्यक्ष लापोर्टा भने त्यसमा सहमत छैनन् ।
‘डेम्बेलेसंग हाम्रो धेरै राम्रो सम्बन्ध छ र उनी यहाँ बस्न चाहन्छन्’ लापोर्टाले टीथ्रीसंग भने, ‘हामी पनि उनी बसोस् भन्ने चाहन्छौँ किनकी उनी राम्रा खेलाडी हुन् ।’
साथै लापोर्टाले डेम्बेले एमबाप्पे भन्दा राम्रो भएको बताए । ‘म डेम्बेलेलाई लिएर उत्साहित छु । उनी एमबाप्पे भन्दा पनि राम्रो खेलाडी हुन्’ उनले भने ।
प्रतिक्रिया 4