+
+

मतदानको दिन महिला केन्द्रीय सदस्यको उम्मेदवारी फिर्ता लिएको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २७ गते ९:५८

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी सीता देवी देवकोटा पाण्डेले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन् ।

उम्मेदवारी फिर्ता लिने समय आइतबार मध्याह्नसम्मको समय थियो । तर उनले मतदान हुने दिन सोमबार बिहान मात्रै उम्मेदवारी फिर्ता लिएको बताएकी छन् ।

निर्वाचन समितिलाई पत्र लेख्दै देवकोटाले ढिला गरी उम्मेदवारी फिर्ता लिएकोमा क्षमा मागेकी छन् ।

देवकोटाले नवलपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?