+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

बैंकिङ कसुरमा ४५ लाख जरिवाना तोकिएका व्यक्ति ललितपुरबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २८ गते २०:४०

२८ मंसिर, काठमाडौं । नेपाल प्रहरीले रु ४५ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु ४५ लाख ५० हजार जरिवाना गरेपछि फरार रहेका ललितपुर महानगरपालिका–२१ बस्ने ४२ वर्षीय अमर महर्जनलाई मंगलबार पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७८ असोज ८ गतेको फैसलापछि चार दिन कैद र बिगोबमोजिम रु ४५ लाख ५० हजार जरिवाना ठहर भएपछि फरार रहेका महर्जनलाई आज शङ्खमूलबाट पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका महर्जनले आफ्नो मेघा बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।

उच्च अदालतले महर्जनलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम उल्लिखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका महर्जनलाई फैसला कार्यान्वयनका लागि आजै ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?