+
+

पल र मलिका फेरि एकसाथ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते ११:५९

११ पुस, काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री मलिका महतले एकसाथ केही म्युजिक भिडियोमा काम गरेका छन् । उनीहरुले अभिनय गरेका म्युजिक भिडियो निकै रुचाइएका पनि छन् । यसैले पनि यो जोडीमाथि दर्शकको चासो निक्कै हुने गरेको छ ।

पल र मलिकाले चलचित्र ‘सत्यम्’मा समेत काम गर्ने पक्का भएको थियो । तर, पोखरामा चलचित्रको वर्कसप हुँदै गर्दा मलिकाले चलचित्र छाडिन् ।

मलिकाले पढाइलाई ध्यान दिएर चलचित्र छाडेको बताएकी थिइन् । तर, पलको गायिका समीक्षा अधिकारीसँगको सम्बन्धको चर्चा बजारमा चलेपछि मलिका पलसँग सहकार्य नगर्ने मुडमा पुगेको पनि चलचित्र वृत्तमा चर्चा चलेको थियो ।

यसपछि पल र मलिकाले एकसाथ काम गर्छन् कि गर्दैनन् भन्ने अड्कलबाजी भइरहेका थिए । तर, यस्तो चर्चाका बीच उनीहरुले फेरि एकसाथ एउटा म्यजिक भिडियोमा काम गरेका छन् । पल र मलिकाले केन्द्र मोसन पिक्चर्सले निर्माण गरेको ‘गाजलु टिकी’ बोलको गीतमा काम गरेका हुन् । पलले तस्वीर शेयर गर्दै ‘कसैको नजर नलागोस् मेरी मायालाई’ भनेर लेखेका छन् ।

हुन त पल र मलिकाले केन्द्र मोसनसँग ६ वटा भिडियोमा काम गर्ने सहमति केही समयअघि नै गरेका थिए । त्यसैले सोही सहमति अनुसार नै उनीहरुले यसलाई निरन्तरता दिएका हुन् वा आगामी दिनमा पनि उनीहरु एकसाथ देखिने हुन्, केही समय पर्खनैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?