+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

लिम्पियाधुरासहितको नक्सा पाठ्यक्रममा समेट्न माओवादीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते १८:०४

१८ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटिएको नेपालको नक्सा विद्यालयको पाठ्यक्रममा समावेश गर्न सरकार समक्ष माग गरेको छ ।

आइतबार महाधिवेशनको राजनीतिक प्रस्ताव पारित गर्दै माओवादीले सीमा क्षेत्रमा देखिएको समस्यालाई छिटो सम्बोधन गर्न सरकारसँग माग गरेको छ । ‘कालापानी र लिम्पियाधुरा लिपुलेकसहित नेपालको भूमि रक्षाका सधैँ संघर्षरत रहने प्रण गर्छ,’ कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी बन्दसत्रमा राजनीतिक प्रस्ताव पेश गर्दै अध्यक्षमण्डलका सदस्य गिरिराजमणि पोखरेलले भने, ‘संघीय संसदबाट पारित नेपालको पूर्ण नक्सालाई पाठ्यक्रममा समावेश गर्न सरकारसमक्ष माग गर्छ ।’

पुस ११ गते सुरु भएको महाधिवशेनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दस्तावेज प्रस्तुत गर्दा नेपालको भूमिबारे उल्लेख नगरेको भन्दै प्रतिनिधिहरुले विरोध जनाएका थिए ।

यस्तै बैठकले भारतीय पक्षबाट भएको सीमा अतिक्रमणविरुद्ध कञ्चनपुरमा भएको आन्दोलनमा ज्यान गुमाएका गोविन्द गौतम र भारतीय पक्षले तुइन काटिदिएपछि ज्यान गुमाएका दार्चुलाका जयसिंह धामीको परिवारलाई क्षतिपूर्ति दिन पनि माग गरेको छ ।

‘नेपालको सीमा रक्षाका क्रममा ज्यान गुमाएका गोविन्द गौतम र भारतीय पक्षले तुईन काटेपछि बेपत्ता भएका दार्चुलाका जयसिंह धामीमाथि उच्च सम्मान व्यक्त गर्दै घटनामा संलग्नलाई कारवाही र क्षतिपूर्तिका लागि कुटनीतिक पहल गर्न माग गर्दछ,’ माओवादी केन्द्रले पारित गरेको प्रस्तावमा उल्लेख छ ।

बैठकले कञ्चनपुर र कैलालीलगायतका जिल्लाको सीमा क्षेत्रमा भारतीय पक्षबाट भएको ज्यादतीको विरोध गर्दै सीमा रक्षाको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?