+
+

सबै पार्टीका अध्यक्षले वीरगञ्जमाथि गद्दारी गरे : प्रदीप यादव

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ५ गते १७:५८

५ माघ, वीरगञ्ज । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले प्रदेश २ को राजधानी वीरगञ्जलाई नबनाएकोमा असन्तुष्टि जनाएका छन् । बलिदानी दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले हरेक पार्टीका अध्यक्षहरुले वीरगञ्जमाथि गद्दारी गरेको आरोप लगाए ।

‘हरेक आन्दोलनमा वीरगञ्जको अग्रणी भूमिका छ । तर वीरगञ्ज सधैं ठगिएको छ,’ सांसद यादवले भने, ‘वीरगञ्जलाई राजधानी नबनाउनुमा सबै पार्टीका राष्ट्रिय अध्यक्ष दोषी छन् ।’

प्रदेशसभाले सोमबार स्थायी राजधानी जनकपुर र प्रदेशको नाम मधेश प्रदेश राख्ने निर्णय गरेको थियो । प्रदेशको नाम मधेश राखेकोमा भने खुशी व्यक्त गर्दै यादवले भने, ‘अब कसैले दुई नम्बरीया प्रदेश भन्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?