
९ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरिद सम्झौता गर्न भारतले नेपालबाट हुने राजनीतिक भ्रमण कुरेको जनाएको छ ।
मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कृषि विकास सचिव गोविन्द शर्माले यस्तो जानकारी दिएका हुन् ।
‘वार्षिक एक लाख ५० हजार मेट्रिकटन मल उपलब्ध गराउने गरी भएको एमओयूको सम्झौता गर्न भारतले नेपालबाट हुने उच्चस्तरीय राजनीतिक भ्रमण कुरे जस्तो देखिन्छ,’ सचिव शर्माले भने, सम्झौताको मस्यौदामा भारत र हामी सबै सहमत भएका छौं, सम्झौता मात्रै हुन बाँकी छ।’
अबको ४५ दिनसम्म सम्झौता हुन सक्ने सचिव शर्माको आकलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4