
१६ फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ८ लाख रुपैयाँ बराबरको सुनसहित एक युवकलाई विमानस्थल सुरक्षा कार्यालयको टोलीले पक्राउ गरेको छ ।
कतारको दोहाबाट आइतबार काठमाडौं आएका मौवावेल्ही-४ का ३६ वर्षीय सोकात अलीलाई प्रहरीले अवैध सुन लुकाइ छिपाइ ल्याएको आरोपमा पक्राउ गरेको हो ।
साथै उनको साथबाट अवैध रुपमा ल्याइएको ७ लाख ९८ हजार ९६३ रुपैयाँ बराबरको ९४.९ ग्राम सुनको दुईथान ब्रासलेटसमेत बरामद गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए ।
अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता श्रेष्ठका अनुसार उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि सोमबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरणमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4