
२० फागुन, काठमाडौं । ललितपुरको ग्वार्कोमा स्कुटरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट घर भई ललितपुरको बालकुमारी बस्ने ६ वषर्ीया अनुस्का जैसवाल रहेकी छन् ।
पैदल हिंडिरहेकी जैसवाललाई नम्बर नखुलेको स्कुटरले गएराति ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी ती बालिकाको उपचारका क्रममा ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा राति पौने १२ बजे मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।
बालिकालाई ठक्कर दिएर स्कुटरसहित चालक फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4