+
+

२० वर्ष कैद सजाय पाएका व्यक्ति साढे ७ वर्षपछि पक्राउ

प्रहरीले बम विस्फोट र कर्तव्य ज्यान मुद्दामा २० वर्षको सजाय पाएका एक व्यक्तिलाई साढे ७ वर्षपछि पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १७ गते १९:०७

१७ चैत, वीरगञ्ज । प्रहरीले बम विस्फोट र कर्तव्य ज्यान मुद्दामा २० वर्षको सजाय पाएका एक व्यक्तिलाई साढे ७ वर्षपछि पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका-२१ पटेलनगर घर भएका ४० वर्षीय रवीन्द्र पटेल पक्राउ परेका हुन् ।

२०६४ साल भदौ ९ गते सखुवा प्रसौनी गाउँपालिका–५ (तत्कालिन महुवन गाविस–३) घर भएका ४५ वर्षीय कुचन साह कानु र २०६५ साल असोज ३ गते जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत मोहन मैनालीको गोली हानी हत्या भएको घटनामा सलंग्न रहेको अरोप उनीमाथि लागेको थियो ।

कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतले २०७१ साल असार १७ गते पटेललाई दोषी ठहर गर्दै १९ वर्ष ११ महिना २२ दिनको कैद सजाय सुनाएको थियो ।

पटेललाई प्रहरीले वीरगञ्ज-१४ गण्डकबाट बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

२०६६ साल जेठ १३ गते प्रो–बायोटेक प्रालि उद्योगमा कार्यरत प्रशासकीय अधिकृत सोचन प्रसाद यादव माथि भएको बम प्रहारको घटनामा उनको संलग्नता पुष्टि भएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

पटेललाइ जिल्ला अदालतमा पेश गरी सजाय भुक्तानका लागि वीरगञ्ज कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?