+
+

चुनावले विप्लव समूहमा विभाजन !

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते २१:३८
विप्लवबाट कारबााहीमा परेका धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वली ।

१४ वैशाख, काठमाडौं । स्थानीय तहको चुनाव उपयोग कसरी गर्ने भन्ने विषयले नेक्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएको छ ।

स्थानीय तहको निर्वाचन घोषणासँगै सुरु भएको विवाद बुधबार दुई नेतामाथि कारबाहीमा पुगेको छ । चुनावमा गएका पार्टीमा उम्मेदवारलाई असर गर्ने गरी गतिविधि गरेको आरोप लगाउँदै विप्लवले नेता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र हेमन्तप्रकाश वली ‘सुर्दशन’लाई पार्टीबाट निश्कासन गरेका छन् ।

कारवाही भोग्नेमध्ये एक बस्तोलाले आफूहरुले छलफल गरेर कारबाहीको जवाफ दिने बताए । पार्टीमा बहुमत भएकाले आफूहरु आधिकारिक हुने भन्दै उनले भने, ‘हामी छलफल गर्दैछौं । छलफल सकेर यस (कारबाही) को जवाफ दिन्छौं ।’

उनले विप्लव संसदवादमा जान खोजको आरोप सेत लगाए । ‘उहाँहरु जान खाजेको संंसदवादमा हो,’ बास्तोलाले भने, ‘हामीहरु जान खोजेको वैज्ञानिक समाजवादमा हो ।’

विप्लवले भने कारबाहीको विज्ञप्तिमै बास्तोलाले लगाएको आरोपको जवाफ दिन खोजेका छन् ।

बास्तोलाहरुले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीको वकालत गरेको भन्दै त्यस्तो कुरा गर्नेहरु संसदवादी नुहने र आफू हुने भन्ने कुरा वैज्ञानिक नुहने विप्लवको जिकिर छ ।

‘उहाँहरुलाई सही लाग्दासम्म चुनाव र राष्ट्रपति संसदवादी नहुने क्रान्तिकारी हुने तर आफ्ना सोचहरु नमान्दा पार्टीले कार्यनीतिका रुपमा चुनावलाई ‘पार्टी दर्ता गरेर उपयोग नगर्ने तर एमसीसी तथा राष्ट्रघात विरोधी देशभक्त, जनवादी प्रतिनिधिहरुलाई सहभागी बनाउने र सहयोग गर्ने’ भन्दा संसदवादी हुने यो कुन माक्र्सवादको विश्लेषण हुन्छ ?,’ उनको भनाइ छ, यो पुरै रकमी एवं अवसरवादी कुतर्क बाहेक केही हुँदैन ।’

कपिलवस्तुको शिवगढीमा चैत दोस्रो साताबाट सुरु भएर एक हप्ताभन्दा बढी चलेको केन्द्रीय समितिको बैठकमा महासचिव विप्लवले स्थानीय चुनावमा जानुपर्ने प्रस्ताव लगेका थिए । तर उनको प्रस्ताव अल्पमतमा परेको थियो । विप्लव, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र केही केन्द्रीय सदस्य मात्रै चुनावको पक्षमा उभिँदा बहुमत पक्ष विपक्षमा थियो । त्यसपछि विप्लव चुनावबारे मध्यमार्गी नीति लिन बाध्य भएका थिए । चुनावमा प्रत्यक्ष भाग पनि नलिने र बहिस्कार पनि नगर्ने भनेर मध्यमार्गी निर्णय भएको थियो ।

तर विप्लव र प्रकाण्डले काठमाडौंमा आएर पार्टी दर्ता गरेर चुनावमा जान खोजेपछि विवाद चर्कियो । चुनाव पक्षधर नेताहरु विप्लव र प्रकाण्डले आफूहरुलाई पनि चुनावमा पनि सहभागी गराउनुपर्ने भन्दै प्रधानमन्त्री लगायतसँग ‘लबिइङ’ गरेका थिए । तर चुनावको विपक्षी रहेका नेताहरुले आफ्नो पार्टी चुनावको पक्षमा नरहेको भनेर नेताहरुलाई बुझाउन खोजेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?