
२९ वैशाख, गोरखा । अजिरकोट गाउँपालिका-१ घ्याच्चोकमा बुधबार राति माओवादी कार्यकर्तामाथि कुटपिट भएको छ । कांग्रेसका कार्यकर्ताले उनीहरू माथि कुटपिट गरेको बताइएको छ ।
कुटपिटबाट बेलबहादुर गुरुङ र बिष्णु भुजेल घाइते भएका छन् । उनीहरूको जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
होटलमा खाना खाइरहेको अवस्थामा आफूहरूमाथि कुटपिट भएको पीडितको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको एसपी केदार खनालले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4