
२९ वैशाख, धनगढी । कैलालीमा सत्तारूढ गठबन्धनका कार्यकर्ताले ले एमाले कार्यकर्तामाथि आक्रमण गरेका छन् ।
गठबन्धनका पार्टीका कार्यकर्ताको आक्रमणबाट एमालेका चार जना कार्यकर्ता घाइते भएका छन् । गोदावरी नगरपालिका-६ का एमालेको वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीका भाइ बिन्तिराम चौधरीसहितका चार जना एमाले कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी ) वेदप्रकास जोशीले बुधबार राति करिब १ बजेतिर गठबन्धनका कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका हुन् ।
बिन्तीराम चौधरीलाई गठबन्धनका कार्यकर्ताले खुकुरी प्रहार गरेका थिए । उनको पाखुरामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा गोदावरी नगरपालिका-६ कै स्थानीय लक्ष्मी चौधरी, बसन्ती चौधरी र रविन चौधरी पनि घाइते भएका छन् ।
उनीहरूको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4