+
+

पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १४:११
फाइल तस्वीर

काठमाडौं । नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ ।

उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ ।

नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?