+
+

मंकीपक्सको आशंका गरिएका व्‍यक्तिमा कुष्ठरोग पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १६:५४

३ असार, काठमाडौं । मंकीपक्सको आशंकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) अस्पताल भर्ना भएका एक युवकमा कुष्ठरोग पुष्टि भएको छ ।

शुक्रबार स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको विज्ञ टोलीबाट जाँच गर्दा २६ वर्षको व्‍यक्तिमा कुष्ठरोगको पुष्टि भएको जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ …विभिन्‍न ६ ठाउँबाट स्लिट स्किन स्मियर जाँच गर्दा आँखा र कानको ३ वटा नमुनामा कुष्ट रोगको जीवाणु भेटिएको हुँदा २६ वर्षको उक्त पुरुषमा कुष्ठरोग पुष्टि भएको छ । ‘

हेर्नुस् मन्त्रालयको विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?