+
+

रोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २९ गते १७:५५

२९ असार, रोल्पा । रोल्पा नेपालको ६४ औं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बुधबार रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रमका बीच रोल्पालाई पूर्ण खोप सुनिश्चितत जिल्ला घोषणा गरिएको हो ।

राष्ट्रिय खोप तालिकामा समावेश भएका सबै खोप सबै बालबालिकाले लगाएकोलाई पूर्ण खोप सुनिश्चित भएको मान्ने गरिन्छ ।

हालसम्म राष्ट्रिय खोप तालिकामा १३ वटा खोप समावेश गरिएको छ । सोही अनुसार जन्मेदेखि १५ महिना भित्रका सवै बालबालिकाले यो खोप पूर्ण रुपमा लगाएको हुनु पर्दछ ।

तोकिएको मापदण्ड अनुसार यसवर्ष रोल्पाका चार हजार ४९९ बालवालिकाले खोप लगाएको सुनिश्चित भएकाले रोल्पालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय रोल्पाका कार्यालय प्रमुख नोखराज पोख्रेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?