+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

धनकुटामा माओवादी केन्द्रको विद्रोह, भण्डारीले गरे उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ९ गते १९:४९

९ असोज, विराटनगर । नेकपा माओवादी केन्द्र धनकुटाका नेताहरुले सामूहिक राजीनामा घोषणा गरेका छन् ।

सत्तारुढ गठबन्धनभित्र सिट बाँडफाँट गर्दा धनकुटाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार माओवादीले नपाउने भएपछि पोलिट्ब्यूरो सदस्य हेमराज भण्डारीसहित जिल्लामा रहेका नेताले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामापछि भण्डारीले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । ‘हामी पार्टीबाट अलग भएका छौं, सामूहिक राजीनामा दियौं,’ भण्डारीले भने,‘ स्वतन्त्र रुपमा मैले उम्मेदवारी घोषणा गरेँ ।’

पार्टीमा उनी प्रतिनिधिसभा सदस्यको उम्मेदवारको दाबेदार थिए । तर धनकुटामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी छाडेका छैनन् ।

माओवादीले टिकट नपाउने भएपछि भण्डारीले यसअघि नै पार्टी अध्यक्ष प्रचण्डलाई राजीनामा बुझाएका थिए । ‘मैले १५ दिन अघि नै पार्टी नेतृत्वलाई राजीनामा बुझाएको थिएँ, जिल्लामा साथीहरुसँग सल्लाहपछि सामूहिक राजीनामा दियौं,’ उनले भने,‘ अब स्वतन्त्र ढंगले अगाडि बढ्छौं ।’

पोलिट्व्यूरो सदस्य भण्डारीसँगै केन्द्रीय सदस्य धनमाया विक र प्रदेश सहसचिव ऋषिराम ढुंगानालगायत १४ जना प्रदेश सदस्य र जिल्ला समन्वय समितिका पदाधिकारी र सदस्यहरुले राजीनामा दिएका हुन् ।

माओवादी केन्द्र धनकुटाका जिल्ला संयोजक डिल्लीराम राईले आइतबार एक विज्ञप्ति जारी गर्दैै जिल्लाबाट प्रतिनिधित्व गर्ने पोलिट्ब्यूरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश समितिका पदाधिकारी, प्रदेश सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले सामूहिक राजीनामा दिएको घोषणा गरेका छन् ।

जिल्ला नेताहरुले भण्डारीको उम्मेदवारीलाई समर्थन गरेका छन् । एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको धनकुटाबाट कांग्रेस नेता सुनिलबहादुर थापा र जसपाका रकम चेम्जोङले प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि दाबी गरेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?