+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चिरिच्याट्ट पहिरन : सुहाउँछ मोटाघाटालाई पनि

मनिषा थापा मनिषा थापा
२०७९ असोज २० गते १३:५६

जब जब सुन्दरताको प्रसंग आउँछ, खासगरी महिलाको हकमा सुडौंल शरीरलाई प्राथमिकतामा राखिन्छ । शरीरको लम्बाई–चौडाई अनुरुप सुन्दरताको मापन गरिन्छ । अतः धेरैजसो पातलो शरीरलाई ‘उपयुक्त’ वा आकर्षक भनी बुझ्ने गर्छन् । नतिजा, महिलाहरु सकेसम्म आफ्नो ज्यान पातलो बनाउने कसरतमा लाग्छन् ।

ज्यान पातलो भएपछि लुगाफाटो पनि सुहाउँछ, हेर्दा छरितो पनि देखिन्छ भन्ने आम बुझाई छ । यद्यपि मोटाघाटा ज्यानमा पनि आप्mनै सौन्दर्य हुन्छ ।

भारतिय कमेडियन भारती सिंहकै कुरा गरौं । उनको शरीर पातलो छैन । यद्यपि उनले आफुलाई दुब्लो पातलो बनाउने कसरत पनि गरेकी छैनन् । आफु जस्तो देखिन्छन्, त्यही रुपमा स्विकारेकी छिन् । फलतः उनमा गजबको आत्मविश्वास छ । त्यही आत्मविश्वास पनि भारतीलाई सुन्दर एवं आकर्षक बनाएको छ ।

फेसन विज्ञहरु भन्छन्, ‘मोटो हुनु वा पातलो हुनु खास कुरा होइन । आफ्नो शरीरलाई कसरी स्विकार्ने र त्यही अनुरुप कसरी सही पहिरन शैली छनौट गर्ने भन्ने कुरा चाहिँ महत्वपूर्ण हो ।’

चाहे गोरी होस् वा काली, दुब्लो होस् वा मोटी । शरीर अनुरुप उपयुक्त पहिरन शैली अपनाउन सकिएमा आकर्षक देखिन्छ । अतः त्यसले उनीहरुमा आत्मविश्वास पनि बढाइदिन्छ । आत्मविश्वास यस्तो चिज हो, जसले मान्छेमा आकर्षण कायम राख्न सघाउँछ ।

शरीर सामान्यभन्दा मोटो भएपनि त्यसमा सुहाउँदो पहिरन छनौट गर्न सकिन्छ । त्यसो त अहिले बजारमा ‘प्लस साइज’ स्टोर पनि खुल्न थालेका छन्, जहाँ मोटाघाटाका लागि खास परिहन उपलब्ध हुन्छ । यस्ता स्टोरमा थरीथरी डिजाइनका पहिरन पाइन्छन् ।

बालाजुमा कार्यलय रहेको ब्युटी प्रोडक्ट अनलाइन स्टोरले प्लस साइज सुन्दरीहरुका लागि पहिरन उपलब्ध गराउँदै आएको छ । उक्त अनलाइन स्टोरकी सञ्चाालिक एरिका राजवंशी भन्छिन्, ‘मोटोपनमा भएकाहरुका लागि अहिले नयाँ नयाँ डिजाइनका पहिरन ल्याएका छौं । पहिले जस्तो प्लस साइजका लागि लुगा नै नपाइने स्थिती छैन ।’ उनको स्टोरमा प्लस साइजका लागि वानपिस, कुर्था, टिसर्ट आदि उपलब्ध छ । खासगरी महिला तथा किशोरीहरुलाई लक्षित गरेर पहिरनहरु उपलब्ध गराएको राजवंशी बताउँछिन् ।

त्यस्तै, नोभा ब्युटी हाउसकी संचालिका तथा फेसन डिजाइनर मीरा महर्जनको अनुसार सही ढंगको पहिरन छनौट गर्न सकेमा मोटोपन भएकाहरुलाई पनि निकै आकर्षक देखिन्छन् । ‘यसका लागि उनीहरुले सही लुगाफाटो छनौट गर्न जान्नुपर्छ’ उनी भन्छिन्, ‘मोटो भएपछि लुगाले सुहाउँदैन भन्नु भ्रम हो । फेसनको संसारमा पातलो मान्छे मात्र सुहाउँदिलो हुन्छ भन्ने छैन । यसका लागि उनमा पहिरन सचेतना र आत्मविश्वास जरुरी छ ।’

कामकाजी महिला हुन् वा गृहणी, अविवाहित युवती हुन् वा विद्यालय धाइरहेका किशोरी । उनीहरुका लागि मोटोपन कुनै चिन्ताको विषय होइन । किनभने हरेक शरीर आफैमा आकर्षक हुन्छ मात्र त्यसलाई सही रेखदेख गर्न सकियो भने । महर्जन भन्छिन्, ‘तपाईंले आफ्नो शरीरको माग अनुरुप सही लुगा छनौट गर्न सक्नुभयो भने त्यसले तपाईंलाई निकै आकर्षक देखाउनेछ ।’

शरीर मोटो भएपछि लुगाफाटो सुहाउँदैन भन्ने आम महिलामा भ्रम रहेको बताउँदै महर्जनले सही परिहन छनौटका लागि केही सुझाव दिएकी छिन् । ‘धेरै कसिलो वा धेरै खुकुलो लुगा लगाउनु हुँदैन । शरीरको नापतौल अनुसार उपयुक्त लुगा लगाउनुपर्छ’ उनी सुझाउँछिन्, ‘वानपिस, गाउन आदि सही छनौट हुनसक्छ ।’

मोटाघाटा महिलाहरुको आफ्नो छुटै एवं भव्य व्यक्तित्व हुन्छ । उनीहरुले सही पहिरन, मेकअप अपनाउन सकेमा विछटै आकर्षक देखिने महर्जन बताउँछिन् । ‘प्लस साइज हुनु नराम्रो भएन’ उनी भन्छिन्, ‘तर, उनीहरुमा आत्मविश्वास भने जरुरी छ ।’

पछिल्लो समय प्लस साइजबीच सौन्दर्य प्रतियोगिता नै हुन थालेको भन्दै उनले आफ्नो शारीरिक बनौटलाई स्विकारेर सोही अनुरुप व्यक्तित्व विकास गर्नुपर्ने बताइन् ।

लेखक
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?