+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

न्यूरोडमा पसल सजाइएका फूलमाला र गेट महानगरले हटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ६ गते १४:१५

६ असोज,काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा तिहारका लागि सजाइएको माला र गेट निकालेको छ । आइतबार बिहान महानगर प्रहरीले न्यूरोड क्षेत्रको सुन पसल, मिठाइ पसलमा सजावटको लागि बनाएको गेटसहित सजावट सामग्री हटाएको हो ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले फुटपाथमा पैदलयात्रुलाई हिंड्न अफ्ठ्यारो हुने गरी निर्माण गरिएका संरचना हटाएको बताए ।

‘न्यूरोडका सुन व्यवसायीले बाहिर फलामका डण्डीको पुत्लासहित बनाएर, गेटले पनि हिंड्ने मान्छेलाई असहज हुनेगरी राखेपछि हामीले हटाएका छौं,’ पाण्डेले भने, ‘चाडपर्वको बेला भीडभाड धेरै हुन्छ, यस्तै बेला अनि पसलेहरुले पसलभन्दा बाहिर संरचना बनाएपछि अरुलाई असर पर्ने भएकोले हटाएको हो ।’

व्यापारीले भने भित्तामा झुण्ड्याएको माला, सजावट सामग्रीसमेत हटाएको दाबी गरेको छ।

‘महानगर प्रहरीले हामीले पसलमा चाडपर्वको लागि गरेको सजावट पनि उठाएर लगेको छ’, एक व्यवसायी भन्छन्, ‘चाडपर्वमा त आफ्नो पसल सजाउन पाइन्छ । तर काठमाडौं महानगरले त्यो पनि दिएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?