+

विश्वकपका लागि कोस्टारिकाको टिम घोषणा

२०७९ कात्तिक  १८ गते १७:२२ २०७९ कात्तिक १८ गते १७:२२
विश्वकपका लागि कोस्टारिकाको टिम घोषणा

१८ कात्तिक, काठमाडौं । नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि कोस्टारिकाको टिम घोषणा भएको छ ।

कोस्टारिका फुटबल फेडेरेसनले शुक्रबार २६ सदस्यीय टोली सार्वजनिक गरेको हो । टोलीमा ३ गोलकिपर, ९ डिफेण्डर, ११ मिडफिल्डर र ३ फरवार्ड छन् ।

कोस्टारिका समूह ‘ई’मा छ । यस समूहमा दुई पूर्व विजेता जर्मनी र स्पेनसहित जापान पनि छ ।कोस्टारिकाले स्पेनसँग नोभेम्बर २३ मा खेल्दै विश्वकप सुरु गर्नेछ ।

कोस्टारिकाको टिममा पेरिस सेन्ट जर्मेनबाट खेल्ने सुपरस्टार गोलकिपर केयलर नाभास देखि ब्राएन रुइजसम्म छन् ।

सन् १९९० मा पहिलो पटक विश्वकप खेलेको कोस्टारिकाले छैटौं पटक विश्वकप खेल्न लागेको हो । २०१४ मा ब्राजिलमा भएको विश्वकपमा कोस्टारिका क्वाटरफाइनलसम्म पुगेको थियो ।

यस्तो छ कोस्टारिकाको टिम

गोलकिपरः केयलर नाभास, स्टेफेन अल्भाराडो, प्याट्रिक सेक्वेइरा

डिफेण्डरः फ्रान्सिस बाल्ड, जोन पउल भर्गास, केन्डल वाट्सन, ओस्कार डुआर्टे, ड्यानिएल चाकोन, केयसेर फुलर, कार्लोस मार्टिनेज, ब्रायन ओभिएडो, रोनाल्ड माटारिटा

मिडफिल्डरः यल्ट्सिन टेजेडा, सेल्सो बोर्गस, युस्टिन सालासस, रोअन विल्सन, गेर्सन टोरेस, डुगलास लोपेज, जेविसन बेन्नेछ, अल्भारो जामोरा, एन्थोनी हर्नान्डेज, ब्रान्डन अगुइलेरा, ब्रायन रुइज

फरवार्डः जोएल क्याम्पबेल, एन्थोनी कोन्ट्रेरास, जोन भेनेगास

काेस्टारिका फिफा विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय