
१८ मंसिर, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार (मंसिर १६ गते) बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।
१ अर्ब ३२ करोड ६६ लाख १४ हजार ३५५ रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले १० प्रतिशत बोनस सेयर तथा लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्ताावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4