+
+

जाजरकोट जीप दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर २६ गते २०:०९

२६ मंसिर, सुर्खेत। जाजरकोटमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ ।

छेडागाड नगरपालिका ५ भिरपाटीमा सोमबार दिउँसो भएको दुर्घटनामा ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवंम् एसएसपी माधव श्रेष्ठले बताए ।

कर्णाली प्रदेश प्रहरी कार्यालय प्रवक्ता श्रेष्ठका अनुसार मृत्यु हुनेमा सवारी चालक भगवतीमाई गाउँपालिका २ दैलेखका मानबहादुर रावत,  छेडागाड नगरपालिका–६ का वीरबहादुर खत्री, छेडागाड–५ का जयकुमार बुढा, भगवतीमाई गाउँपालिका–३ का सुरेन्द्र केसी र अम्मरबहादुर खड्का छन ।

यस्तै, छेडागाड–५ का नैसरा अधिकारी, दीपक अधिकारी, देवीसरा बुढा, अम्मर बहादुर अधिकारी, छेडागाड–६ का रामबहादुर बुढाको पनि दुर्घटनामा मृत्यु भएको छ । यसैगरी २ वर्षीया निशा अधिकारीको उपचारका लागि नेपालगन्ञ लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै घाइते छेडागाड नगरपालिका–२ का जयलाल अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार दिउँसो करिब ४ बजे कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप मध्यपहाडी सडकखण्ड अन्तरर्गत छेडागाड नगरपालिका वडा न ४ र ५ को बीचमा पर्ने भिरपाटीमा आफैँ अनियन्त्रित भई २०० मिटर तल खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?