+
+

रवीन्द्र मिश्र पक्षबाट राप्रपा केन्द्रीय समितिमा थपिए ४० जना, शरद पनि महामन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष ७ गते १२:२४
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा । फाइल तस्वीर

७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिमा रविन्द्र मिश्र समूहबाट ४० जनालाई स्थान दिइएको छ । केन्द्रीय समितिमा परेकामध्ये मिश्र पक्षबाट शरदराज पाठकले महामन्त्री पद पाएका छन् ।

यसअघि नै राप्रपामा धवलशमशेर जबरा, भुवन पाठक, कुन्ती कुमारी शाही, प्रह्लाद साह र राजेन्द्र गुरुङ महामन्त्री छन् । पाठकसमेत थपिएपछि महामन्त्रीहरुको संख्या ६ पुगेको छ ।

२०७९ असोज १२ गते मिश्र राप्रपा प्रवेश गरेका थिए । मिश्रले राप्रपामा वरिष्ठ उपाध्यक्ष पद पाए पनि उनको पक्षबाट अरु को–कोलाई के–के जिम्मेवारी दिने भन्ने टुंगो थिएन ।

तर अहिले ४० जनालाई केन्द्रीय समितिमा स्थान दिइएको र थप ५ जनालाई छिट्टै मनोनयन गरिने महामन्त्रीको जिम्मेवारी पाएका पाठकले जानकारी दिए । अब प्रदेश, जिल्ला र अन्य तहगत समायोजनको कार्य शुरू गरिने उनले बताए ।

मिश्र पक्षबाट राप्रपामा कसले केके जिम्मेवारी पाए ?

वरिष्ठ उपाध्यक्ष : रवीन्द्र मिश्र

केन्द्रीय कार्य सम्पादन समिति : निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैंजु, कर्ण बहादुर शाही, नारायण कोइराला, शरदराज पाठक र रवीन्द्र मिश्र ।

महामन्त्री : शरदराज पाठक

सहमहामन्त्री : उज्ज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनी

सहायक महामन्त्री : हरिकृष्ण अधिकारी र सौरेन्द्र बहादुर शाह

केन्द्रीय सदस्यहरू : अर्जुन प्रसाद खनाल, हरिप्रसाद गौतम, उद्धवराज भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीपक प्रसाद उप्रेती, मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मण राज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी, लक्ष्मी घिमिरे, बसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुषाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ र राजु बस्याल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?