
काठमाडौं । विद्युतीय कारोबारलाई प्रबर्द्धन गर्ने उद्देश्यका साथ स्मार्टच्वाइस टेक्नोलोजिज (स्मार्ट क्यूआर)ले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) सँग सहकार्य गरी सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको छ ।
यस छुट अन्तर्गत ग्राहकहरुले कुनै पनि सामान खरिद गरी स्मार्ट क्यूआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत र अधिकतम ३०० रुपैयाँसम्म अतिरिक्त छुट प्राप्त गर्न सक्ने छन् । यो योजना २० पुससम्म रहने छ भने छुट अवधिभर हरेक ग्राहकले ९०० रुपैयाँसम्म छुट लिन सक्ने छन् ।
स्मार्ट क्यूआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरुले काठमाडौं सुपरमार्केट (एक्सप्रेस सुपरमार्केट) को सम्पूर्ण शाखाहरुमा क्यूआर स्क्यान गरी भुक्तानी छुट प्राप्त गर्न सक्नेछन् ।
यस अफर अन्तर्गत एक्सप्रेस सुपरमार्केर्टको सम्पूर्ण शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एनआईसी एशिया मोबाइल बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।
प्रतिक्रिया 4