
७ पुस, वीरगञ्ज । बारामा अज्ञात समूहले चलाएको गोली लागेर एक जना गम्भीर घाइते भएका छन् । भारतीय व्यापारी शिवपुजन यादव गम्भीर घाइते भएका हुन् ।
बाराको महागढीमाई नगरपालिका भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घाइतेको एलएस न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।
घटनाबारे थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4