 
																			१६ पुस, काठमाडौं । सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीहरुलाई कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटमा कडाइ गरेको छ ।
सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले शनिबार एक सूचना जारी गरी सशस्त्र प्रहरी कर्मचारीका लागि कूटनीतिक नियोग तथा विभिन्न राजनीतिक नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचारण सम्बन्धी स्थायी आदेश २०७९ जारी गरिएको जानकारी दिए ।
उक्त आदेश अनुसार सशस्त्र प्रहरी कर्मचारीहरुले सरकारी प्रयोजनको लागि भेटघाट गर्नुपर्ने भए संगठनको तर्फबाट सम्बन्धित कर्मचारीको नाममा जारी गरिएको रवानापत्र वा तोक आदेशपत्र लिएर जानुपर्नेछ ।
कूटनीतिक भेटघाट गर्नुपरेमा परराष्ट्र मन्त्रालयबाट जारी गरिएको कूटनीतिक आचारसंहिता, २०६८ मा उल्लेख भएनुसारको प्रक्रिया पूरा गर्नुपर्नेछ । सशस्त्र प्रहरी बलभित्रको सांगठनिक, व्यक्तिगत भेटघाट र सञ्चारमाध्यमसँग सम्पर्क एवं अन्तर्वार्ताको लागि पनि स्वीकृति लिनुपर्नेछ ।
स्वीकृती लिई गरिएको भेटघाट तथा सम्पर्कको संक्षिप्त विवरण सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा जानकारी गराउनुपर्नेछ । सशस्त्र प्रहरी प्रवक्ता, सहायक प्रवक्ता तथा सूचना अधिकारीबाहेकले सञ्चारमाध्यममा सूचना संप्रेषण वा अन्तर्वार्ता दिनुपरे प्रवक्ता मार्फत महानिरीक्षकको स्वीकृति लिनुपर्ने आदेशमा उल्लेख छ ।
आचरणसम्बन्धी स्थायी आदेश कडाइका साथ पालना गर्न सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मातहत इकाईहरुलाई निर्देशन दिएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4