+
+

मेडप्रो इन्टरनेसनल मेडिकल सेन्टरमा उपचारपछि मात्रै भुक्तानी गर्न सकिने सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १७:०४

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा रहेको मेडप्रो इन्टरनेशनल मेडिकल सेन्टरमा उपचारपछि मात्रै भुक्तानी गर्न सकिने सेवा सञ्चालनमा आएको हो । सुरूमा उपचार गरेर मात्र भुक्तानीको प्रक्रिया सुरू हुने यस मेडिकल सेन्टरको सुविधा लिन सुरूमा सदस्य बन्नुपर्ने मेडिकल सेन्टरले जनाएको छ । जसमा सदस्य बनेपछि मात्र सेवा लिन सकिने भएकाले सुरूमा दर्ता हुनुपर्ने छ ।

मेडिकल सेन्टका अनुसार यस सेन्टरमा क्रेडिट बेसमा सेवा लिन पाइनेछ । जहाँ डाक्टरहरूको अपोइन्टमेन्ट लिएर मात्र उपचार गर्न सकिनेछ ।

यस्तो सेवा नेपालमै पहिलो पटक सुरू गरिएको दावी मेडिकल सेन्टरको छ । उपचार सेवा लिएपछि मात्रै भुक्तानी गर्न मिल्ने गरी क्यासलेस मेडिकल सेन्टर सञ्चालनमा आएको सेन्टले जनाएको छ । जसबाट सुरूमै रकम बोकेर जानुपर्ने बाध्यताबाट मुक्ति मिल्ने सेन्टरको भनाइ छ ।
सुरूको उपचार सेवालाई विशेष ध्यान दिँदै पहिले सेवा र त्यसपछि मात्र भुक्तानी भन्ने अवधारणा ल्याइइको सञ्चालक डा. विशाल ढकालले बताए । यस मेडिकल सेन्टरमा सुरूमा उपचार सेवा लिएपछि मात्र अन्तिममा बिल प्राप्त हुनेछ । जुन रकमको भुक्तानी कुनैपनि माध्यमबाट सोही महिनाको अन्तिममा तथा किस्ताबन्दीमा भुक्तानी गर्न सकिने कार्यविधि बनाइएको छ ।

यो पोलिक्लिनकल स्तरको मेडिकल सेन्टर रहेको छ । जसमा एक्स्रे, अल्ट्रासाउण्ड, ल्याब्रोटरी सेवा, विशेषज्ञ डाक्टरहरूको परामर्श सेवा जस्ता सुविधाहरू रहेका छन् । एकैस्थानबाट सबै किसिमका उपचार हुनेछन् । जसले घरमै पुगेर समेत उपचार सेवा गर्ने छ ।

अंग्रेजी नयाँ वर्ष २०२३ को उपलक्ष्यमा यस मेडिकल सेन्टरलाई सञ्चालनमा ल्याइएको हो । कम्पनीबाट सुरूमा रोग निदान गरेर सोही अनुसारको सेवा प्रदान हुनेछ । यसमा सुगर, प्रेसर, मुटुरोग लगायतका दीर्घरोगीका साथै सबै किसिमका रोगहरूको उपचार सेवा प्रदान हुनेछ । यसमा सेन्टरले विभिन्न किसिमका उपचार प्याकेज बनाएको छ । जसअन्तरगत २४ घण्टा औषधी, ल्याव तथा चिकित्सक परामर्श सेवाको सुविधा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?