
१८ पुस, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १६औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । औधोगिक प्रदर्शनी २१ पुसदेखि २३ पुससम्म सञ्चालन हुनेछ ।
स्वदेशी उत्पादनका बारेमा नेपाल डिलर, होलसेलर तथा खुद्रा व्यापारीहरुलाई जानकारी गराउने उदेश्यका साथ औधोगिक प्रदर्शनी आयोजना हुन लागेको औधोगिक प्रदर्शनीका संयोजक एवं फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष सुरज बन्जाडेले जानकारी दिए ।
प्रदर्शनीमा विदेशी कच्चा पदार्थ, मेशिनरी र प्रविधि सहितको ४० भन्दा बढी कम्पनीका स्टल रहने र नेपाली फुटवेयरका ९० कम्पनी सहभागी हुने बन्जाडेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
देशभरबाट ४० हजारदेखि ५० हजार उद्योगी, डिलर, होलसेलर र खुद्रा व्यापारीहरुको सहभागिता रहेन अपेक्षा गरिएको उनले बताए ।
औद्योगिक प्रदर्शनीका लागि विभिन्न उद्योग तथा संस्थाहरुले प्रायोजन तथा सहकार्य रहेको उनले बताए ।
प्रतिक्रिया 4