+
+

वन मुद्दाका फरार अभियुक्त पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १८:०६

२४ पुस, सुर्खेत। सुर्खेत प्रहरीले वन मुद्दाका फरार एकजना अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका –२ ठउरीका ३९ वर्षीय विनोद गिरी रहेका छन् ।

गिरीलाई आइतबार घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए ।

उनलाई डिभिजन बन कार्यालय सुर्खेतले वन मुद्दामा २२ असोज २०७७ मा २५ हजार ३१२ रुपैयाँ जरिवाना तोकेको थियो ।

पक्राउ परेका उनलाई डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?