+
+
WC Series
कर्णाली याक्स 2025
129/9 (20)
VS
१०१ बलमा ११७ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
13/2 (3.1)
Shares

सचेतना कार्यक्रम गरेर नेपालमा पनि मनाइयो विश्व क्यान्सर दिवस

अनलाइनखबर अनलाइनखबर
२०७९ माघ २२ गते १४:१६

२२ माघ, काठमाडौं। नेपालमा क्यान्सर सम्बन्धी विभिन्न सचेतना कार्यक्रम आयोजना गरी विश्व क्यान्सर दिवस मनाइएको छ।

नेपाल क्यान्सर रिलिफ सोसाइटीले राजधानीमा शनिबार सचेतना र्याली सम्पन्न गरेको हो। विश्वव्यापी महामारीका रुपमा रहेको क्यान्सर विरुद्ध लड्न विश्व समुदाय एकजुट हुने उदेश्यले प्रत्येक वर्ष फ्रेबुअरी ४ मा विश्वभर क्यान्सर दिवस मनाइन्छ। यो वर्ष हेरचाहमा हुने असमनताको अन्त्य गरौं भन्ने नाराका साथ विश्व क्यान्सर दिवस मनाइएको थियो।

नेपाल क्यान्सर रिलिफ सोसाइटीका अध्यक्ष महेश श्रेष्ठले विकसित राष्ट्र र मध्यम र कम विकसित राष्ट्रवीच क्यान्सर रोगबाट अल्पायुमा हुने मृत्युदरको खाडल ठूलो भएको बताए।

अध्यक्ष श्रेष्ठले यो हेरचाहको अन्तर कम गर्नु आजको चुनौती भएकाले सबै मिलेर हेरचाहमा समानता खोज्नु पर्नेमा जोड दिए। स्वास्थ्य उपचारमा हुने पहुचमा कमी, आधुनिक प्रविधिको अभाव, आयश्रोतमा कमी, शिक्षा तथा प्रचारमा कमी, जीवनशैली तथा अन्य अभाव र असमर्थताका कारण मृत्युदर बढी भएको हो।

श्रेष्ठले विश्वको जुनसुकै कुनामा रहेपनि शिक्षा र आर्थिक अवस्थाको स्तर जे जस्तो भएपनि क्यान्सर रोगबाट मानिसको अकाल मृत्युबाट बचाउन सबैले समान निदान र उपचार पाउने सुनश्चितता हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल क्यान्सर सोसाइटीका बोर्ड सदस्यहरु, चिकित्सक, समाजसेवी, स्वास्थ्यकर्मी, विद्यार्थी, ॐ शान्तिका सदस्यहरुको सहभागिता रहेको थियो।

धिमेबाजा बजाउदै भृकुटीमार्ग प्रदर्शनी मार्ग बाट सुरु भएको प्रभातफेरी सहिदगेट, नयाँसडक, जुद्ध शालिक, रत्नपार्क, जमल हुदै पुन भृकुटीमण्डपमा आएर सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?