+

एएफसी यू-१७ महिला एसिया कप छनोटमा नेपाल इरानसँग पराजित

२०८० वैशाख  १४ गते ६:२३ २०८० वैशाख १४ गते ६:२३
एएफसी यू-१७ महिला एसिया कप छनोटमा नेपाल इरानसँग पराजित

१४ वैशाख, काठमाडौं । जोर्डनमा जारी एएफसी यू-१७ महिला एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ  ।

जोर्डनको प्रिन्स मोहमद स्टेडियममा बुधबार भएको खेलमा नेपाल इरानसँग १-० ले पराजित भएको हो ।

खेलमा नेपालले अवसर पाए पनि गोल गर्न सकेन  ।

इरानको लागि ८१औं मिनेटमा वैकल्पिक खेलाडी एरिसा कुह गार्डले निर्णायक गोल गर्दै तीन अंक दिलाइन् ।

समूह एचमा रहेको रहेको नेपालले अब दोस्रो तथा अन्तिम खेल शुक्रबार घरेलु टोली जोर्डनसँग खेल्नेछ ।

समूहको विजेता छनोटको दोस्रो चरणमा प्रवेश गर्नेछ ।

एएफसी यू-१७ नेपाली महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय