१८ वैशाख, काठमाडौं । क्रिकेट समर्थकहरुले त्रिवि क्रिकेट मैदानको फोहोर सफा गरेका छन् ।
एसीसी प्रिमियर कप क्रिकेटको फाइनल खेल वर्षाले बिथोले पनि खेल हुने आशामा साढे ४ बजेसम्म मैदानमै कुरेर बसेका समर्थकहरुले बाँकी खेल भोलि हुने भएपछि दर्शकदीर्घाको सफाइ गरेका हुन् ।
यसअघि सेमिफाइनल खेलमा भारी वर्षा भएपछि खेल रद्ध भएसँगै समर्थक त्यत्तिकै हिँडेका थिए । जसका कारण स्टेडियमा फोहोर रहेको तस्वीर सामाजिक सञ्जालमा राखेर आलोचना भएको थियो ।
तर आज भने पानीमा भिजेरै भए पनि समर्थकले स्टेडियम सफा गरेका हुन् । नेपाल र यूएईबीचको बाँकी खेल भोलि बिहान ९ बजे सुरु हुने छ ।
स्टेडियम सफाइका तस्वीरहरू हेर्नुहोस् :
 
  
 
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
                
प्रतिक्रिया 4