+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

निजामती कर्मचारीको आन्दोलन स्थगित

उपप्रधानमन्त्रीको संयोजकत्वमा वार्ता समिति

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २१ गते १८:१६

२१ वेशाख, काठमाडौं । निजामती कर्मचारीहरुले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । सरकारले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि कर्मचारीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

आफूहरुको मागको सम्बन्धमा वार्ता समितिले बिहीबार नै छलफल गर्ने तयारी गरेको नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले जानकारी दिए । वार्तामार्फत आफूहरुको माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु निर्धारण गरिने उनले बताए ।

उनका अनुसार कर्मचारी संगठनहरुले बिहीबार साँझ उपप्रधानमन्त्री खड्कासँग वार्ता हुनेछ। ‘आज सरकारको तर्फबाट उपप्रधानमन्त्री खड्काको नेतृत्वमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी सहित निजामती कर्मचारी संघ संगठनहरुको प्रतिनिधिसँग छलफल हुँदैछ’ पोखरेलले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?