+
+
Shares

निजामती कर्मचारीले कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते १५:२४
मंगलबार बसेको विधायन व्यवस्थापन समिति बैठक ।

१७ भदौ, काठमाडौं । निजामती सेवाका कर्मचारीले कार्यालय समय बाहिर लोकसेवा तयारीको कक्षा पढाउन पाउने भएका छन् ।

मंगलबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले पास गरेको संघीय निजामती सेवा विधेयकले यस्तो प्रावधान छ ।

प्रतिनिधिसभाले कर्मचारीले पढाउन नपाउने प्रावधान राखेर विधेयक पठाएको थियो । त्यसलाई उल्ट्याएर विधायन व्यवस्थापन समितिले कार्यालय समय बाहिर लोकसेवा तयारीको कक्षा पढाउन पाउने प्रावधान राखेको हो ।

विधेयक पास हुनु अगाडि सांसदहरूले कर्मचारीले कार्यालय समय बाहिर अतिरिक्त आम्दानी गर्न सक्ने अवस्थालाई रोक्न नहुने तर्क गरेका थिए । त्यसपछि समिति सभापति तुलसीकुमारी दाहालले ‘कार्यालय समय बाहिर पढाउन पाउने गरी व्यवस्था राखेर जाऔं’ भनिन् ।

सभापति दाहालको प्रस्तावलाई समितिले सर्वसम्मत रुपमा स्वीकार गरेको हो । यो सँगै प्रतिनिधिसभाले निजामती कर्मचारीले लोकसेवा तयारीको कक्षा पढाउन नपाउने गरी गरेको व्यवस्था उल्टिएको छ ।

छलफलमा माओवादी केन्द्रका सांसद तारामान स्वारले ‘श्रम गर्नेलाई मर्का पर्न दिन नहुने’ बताएका थिए ।

‘कार्यालय समय बाहिर र कार्यलयको काममा बाधा नपर्ने गरी अन्य काम गर्न बाधा पर्दैन । यही स्पिरिटमा आवश्यक व्यवस्था राखौं’ उनले भनेका थिए ।

माओवादीकै सांसद सुरेश आलेमगर, राधेश्याम पासवान लगायतले पनि कार्यालय समय बाहिर निजामती कर्मचारीले लोकसेवा पढाउन नपाउने भन्ने भाषा प्रयोग गरेर जान नहुने बताएका थिए ।

त्यसपछि विधायन व्यवस्थापन समिति प्रतिनिधि सभाले गरेको निर्णय उल्ट्याउने निर्णयमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?